Tuesday, 28, June, 2022

त्रिविका सहायक डिन साहलाई कालोमोसो दलियो


काठमाडौं– त्रिवि शिक्षाशास्त्र संकायका सहायक डिन बबालाल साहमाथि नेकपाका विद्यार्थी संगठनका विद्याथीहरुले कालोमोसो दलेका छन् । साहले ट्रान्सकिप्ट बनाउन आएकी एक युवतीलाई जबर्ज्स्ति यौन दुराचार गर्न खोजेको भन्दै नेकपानिकट अखिल (क्रान्तिकारी) र अनेरास्ववियूका विद्याथीहरुले कालो मोसो दलेका हुन् । सहायक डिन साहलाई कालोमोसो दलेलगत्तै विद्यार्थीहरुले प्रहरीलाई जिम्मा लगाएका छन् । साह अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । सो घटनालगत्तै साहलाई त्रिविले निलम्बन गरेको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बुधबार बसेको आकस्मिक बैठकले निलम्बन साहलाई गरेको हो । साहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने अत्यन्त अनुशासनहिन तथा निन्दनीय कार्य गरेको स्पष्ट पार्दै निलम्बन गरिएको त्रिविले जनाएको छ ।