Thursday, 17, October, 2019

सिड्नीमा अवन नेप्लिज कमिटी गठन

सिड्नी । अष्ट्रेलियाको सिड्नीको अवनमा रहेका नेपालीहरूले अवर्न नेप्लिज कमिटी गठन गरेका छन् । आईतवार एक सामुहिक बार्बिक्यु कार्यक्रममा अवर्न र आसपास रहेका नेपालीहरुको भेलाकाबिच समिती गठन गरिएको हो । समितीका अध्यक्ष अशोक उप्रेती, सहउपाध्यक्षमा विपीन थापा र राजु गिरी, त्यसैगरि महसचिवमा मनोज अधिकारी र कोषाध्यक्ष्यमा जितेन श्रेष्ठ चयन भएका छन् । समितीका सल्लाहकारमा दिनेश पोखरेल, राजकुमार श्रेष्ठ, मनरिषी धिताल,रमेश बाँनिया, देवेन्द्रराज वान्तवा, शशि राइ रहेका छन् भने सदस्यहरुमा रविन्द्र कुमार शर्मा, अञ्जु थापा, रुपक बुढाथोकी, विरेन्द्र बलामी,जित गोपाली,आशिश अधिकारी, हेमन्त घिमिरे, दिनेश गिरी, उद्धव पोखरेल, टुकसी भूषाल, प्रतीक सिग्देल, युद्धिका कुँवर, कृष्ण सूवेदीक, सन्तोष आचार्य, भूपेन्द्र कँडेल, वीपिन अधिकारी रहेका छन् । अवर्न नेप्लिज कमिटीले अवर्नमा हजारौंको संख्यामा रहेका नेपालीहरुको हक हितको निमित्त काम गर्ने समितीका अध्यक्ष अशोक उप्रतीले बताए । उनका अनुसार नेपालमा पनि रहेका सोषित र पिडित, असहाय वर्गका व्यक्तिहरुलाई सहायता पुर्यउने उदेश्यले कमिटी गठन गरिएको हो । महासचिव मनोज अधिकारीले अबको केही दिनदेखि नै कमिटीले आफ्नो बाठक बसेर काम अगाडी बढाउने बताए । यस कमीटीलाई अष्ट्रेलिया बस्ने नेपालीहरूको ढुकढुकी बनाउन लागी पर्ने संस्थाको उद्देश्य रहेको पनि अधिकारीले प्रष्ट्याए।