Friday, 23, April, 2021

नेपालबाट अमेरिका जाँदा लाग्ने भिसा दस्तुर बढ्यो

१२ पुस, काठमाडौं । नेपालबाट पर्यटक भिसामा अमेरिका जाँदा अब भिसा शुल्क बढ्ने भएको छ । यसअघि एक सय डलर तिरे पुग्नेमा अब आगामी वर्षबाट एक सय ६० डलर तिर्नुपर्ने भएको हो ।सञ्चारमन्त्री गोकुल वास्कोटाले भिसा शुल्क पारस्परिक बनाउने विषयमा अमेरिकासँग सहमति भएको बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । ‘सन् २०१९ जनवरी १ देखि पर्यटक भिसामा ५ वर्षे ९१८० दिन प्रतिवर्ष० बहुप्रवेशी भिसा लिँदा अमेरिकी र नेपाली पर्यटक दुबैले अमेरिकी डलर १६० दस्तुर तिर्नुपर्ने छ’ मन्त्री बास्कोटाले भने, ‘हाल अमेरिकी नागरिकले १६० डलर र नेपाली नागरिकले १०० डलर दस्तुर तिर्नुपर्ने व्यवस्था छ ।’

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीले तीन वटा भिसा क्याटगोरी अघिल्लो देउवा सरकारकै पालामा पारस्परिक बनाइएकोले अहिले पर्यटक भिसालाई पनि पारस्परिक बनाउनुपरेको बताए ।‘अघिल्लो सरकारले तीन वटा वर्ग ९प्रेस, अध्ययन र वर्किङ० का भिसा शुल्क समान बनाउने सहमति गरिसकेपछि बाँकी एउटा वर्गको पनि समान बनाउनुपर्ने वाध्यता प¥यो,’ उनले भने । तर, यसबाट नेपाललाई समग्रतामा घाटा भने नपर्ने उनको तर्क छ । यसैगरि सरकारले अध्ययनका लागि अमेरिका जाने विद्यार्थीले अमेरिकी दुतावासलाई २ सय डलर अतिरिक्त शुल्क बुझाउनुपर्ने प्रावधान हटाउन पहल गरेको छ । यसका लागि परराष्ट्र मन्त्रालयबाट अमेरिकी सरकारसँग प्रारम्भिक कुरा गरिएको सञ्चारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए ।

गत पुस ६ गते र पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सो शुल्क हटाउन पहल गर्ने जिम्मेवारी परराष्ट्रलाई दिएको थियो । नेपालबाट पर्यटक भिसामा भन्दा अध्ययन, प्रेस, तथा वर्किङ भिसामा बढी नेपाली नागरिकहरु अमेरिका जाने गरेको तथ्याङ्क रहेको भन्दै उनले अतिरिक्त शुल्क हटेमा धेरै नेपाली युवा लाभान्वित हुने विश्वास व्यक्त गरे ।