Friday, 23, April, 2021

त्रिचन्द्र क्याम्पसमा आगलागी

त्रिचन्द्र क्याम्पसमा आगलागी भएको दृश्य

काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आगलागी भएको छ । आगलागी विद्युत सर्ट भएर लागेको प्रहरीको अनुमान छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको महानगरीय प्रहरी परिसर दरबारमार्गले जनाएको छ । आगलागी भएको छेउमै जेनेरेटर समेत भएकोले जेनेरटरमै विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।