Friday, 23, April, 2021

नेपाल विश्वमै छिटो विकास गर्ने देश बन्न सक्छ -प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संसारकै छिटो विकास हुने देश बन्न सक्ने बताएका छन् । राष्ट्रिय योजना आयोगले शुक्रबार राजधानीमा आयोजना गरेको १५ औं योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि सजिलै उपलब्ध हुने हुनाले तिनलाई सदुपयोग गरेर देश तिव्र विकासको गतिमा अघि बढ्न सक्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले १५ औं पञ्चवर्षीय योजना ९२०७६÷०७७ –२०८० ÷०८१० देश विकासका लागि ‘टर्निङ प्वाइन्ट’ हुने बताए । ‘अघिल्ला योजनाका समीक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक, प्रविधि मैत्री र तिव्र गतिमा अघि बढ्न सक्ने व्यवहारिक योजना बनाउनुपर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘देश विकासका लागि यस योजनालाई ‘टर्निङ प्वाइन्ट’ बनाउनु पर्दछ ।’स्वदेशमा रहेका फलामखानीको उत्खनन, विद्युतीय उर्जाको उत्पादन र प्रयोग बढाउनुपर्ने र पेट्रोल, डिजेलजस्ता इन्धनको आयात घटाउनमा १५ औं योजनामा केन्द्रीत हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।
रियलपाटी संवाददाता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संसारकै छिटो विकास हुने देश बन्न सक्ने बताएका छन् । राष्ट्रिय योजना आयोगले शुक्रबार राजधानीमा आयोजना गरेको १५ औं योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि सजिलै उपलब्ध हुने हुनाले तिनलाई सदुपयोग गरेर देश तिव्र विकासको गतिमा अघि बढ्न सक्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले १५ औं पञ्चवर्षीय योजना ९२०७६\०७७ –२०८० \०८१० देश विकासका लागि ‘टर्निङ प्वाइन्ट’ हुने बताए । ‘अघिल्ला योजनाका समीक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक, प्रविधि मैत्री र तिव्र गतिमा अघि बढ्न सक्ने व्यवहारिक योजना बनाउनुपर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘देश विकासका लागि यस योजनालाई ‘टर्निङ प्वाइन्ट’ बनाउनु पर्दछ ।’स्वदेशमा रहेका फलामखानीको उत्खनन, विद्युतीय उर्जाको उत्पादन र प्रयोग बढाउनुपर्ने र पेट्रोल, डिजेलजस्ता इन्धनको आयात घटाउनमा १५ औं योजनामा केन्द्रीत हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।
रियलपाटी संवाददाता