Friday, 27, November, 2020

राष्ट्रपतिलाई रेखा थापाको प्रश्न: ‘१८ करोडको गाडीले देशलाई के दिन्छ ?’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षाका लागि भन्दै १८ करोड रूपैयाँको गाडी किन्न रकम माग भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।

धेरैले यसलाई फजुल खर्च र देशलाई सुहाउँदो नभएको टिप्पणी गरेका छन् । यही मौकामा अभिनेत्री रेखा थापाले पनि फेसबुकमा कटाक्ष गर्दै गाडी खरिदको विरोध गरेकी छन् ।

फेसबुकमा उनले ‘१८ करोडको गाडीले देशलाई के देला ?’ भनेर प्रश्न गरेकी छन् ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र एक आधुनिक गाडीसहितको फोटो फेसबुकमा पोस्ट गर्दै रेखाले यस्तो प्रश्न गरेकी हुन् ।

फेसबुकमा उनले लेखेकी छिन्, ‘कुरा १८ करोडको गाडीको होइन यो धेरै ठूलो रकम पनि नहोला नेपाली जनतालाई । तर अठार जना छोरीले आफू यो देशको राष्ट्र प्रमुख हुने सपना देख्छन् त ? यो लगानीले देशलाई के दिन्छ ?’