Tuesday, 28, June, 2022

एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’अफर अन्र्तगतनगद पुरस्कार वितरण

काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले चाडपर्वको अवसर पारी संचालन गरेको आकर्षक ‘रिचार्ज एण्ड विन’अफर अन्तर्गत बिहीबार (कार्तिक २९ गते) नवौं र दशौं हप्ताकाविजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

प्रत्येकहप्ता १० भाग्यशालीग्राहकले जनही रु एक लाखजित्ने ‘रिचार्ज एण्ड विन’अफर भाद्र १७गतेबाट कार्तिक २४ गते सम्म १० हप्ता संचालनगरिएको थियो । नवौं हप्ताकाविजेताहरुको छनौट कार्तिक २० गते र दशौं हप्ताकाविजयीहरुको छनौट कार्तिक २७गते प्रत्यक्षप्रशारण गरिएको लाईभ ड्र कार्यक्रममार्फत गरिएको थियो ।

दुवै हप्ताकाविजयी मध्ये प्रमाणिकरणको प्रकृया पुरा भएकाविजेताहरुलाई एनसेलले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी जनहीनगद रु एक लाख पुरस्कार प्रदान गरेको हो । एनसेलकालिगल एण्ड कर्पोरेट सर्भिसेज् निर्देशक रमेश घिमिरेले नवौं हप्ताकाविजयी मध्येका तीनजना – बिनोद थोर्लिहाङ्ग (पाँचथर), श्याम राजवंशी (मोरङ्ग) र डुख रामथारु (कपिलवस्तु) – लाई जनही रु १००,००० नगद पुरस्कार हस्तान्तरण गरेका हुन् ।

साथै घिमिरेले दशौं हप्ताकाविजयीग्राकहरु मध्येका छ जना – सूर्य नारायण कापरी (महोत्तरी), सोना गुरुङ्ग (कास्की), सुमन श्रेष्ठ (गोर्खा), दिनाकुमारी कालिकोटे (सर्लाही), सुदिपचौधरी (कैलाली) र सुजित राजबाहक (काठमाडौं) – लाई पनिनगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

कार्यक्रममादशौं हप्ताकालागिअयोग्य ठहरिएका एक विजयीको स्थानमादशौं हप्ताको कोडहरुबाटै एक नयाँविजयीपनि छानिएको थियो । नयाँविजयी कोड १०–००१८६७७७७ रहेकोे छ । आठौं हप्ताको विजयी मध्येका एक झापाकी राधिकातिमिल्सिनाले पनिबिहीबार काठमाडौंबाटै पुरस्स्कार ग्रहण गरेकीथिइन् ।

एनसेलले बिहीबार नै सातौं हप्ताकाविजेताहरु मध्येका दुई अर्घाखाँचीकीलक्ष्मी घर्तिमगरलाई एनसेल सेन्टर बुटवलबाट र कास्कीका पूर्ण बहादुर गुरुङ्गलाई एनसेल सेन्टर पोखराबाट पुरस्कार हस्तान्तरण गरेको थियो । त्यसैगरी नवौं हप्ताकाविजयी मध्येकी एक झापाकीदुर्गा कुमारी लिम्बु सावालाई एनसेल सेन्टर दमकबाट र दशौं हप्ताकाविजयीहरु मध्येका एक रौतहटका राजकिशोर प्रसाद जैसवाललाई एनसेल सेन्टर चपुरबाट पुरस्कार हस्तान्तरण गरिएको थियो ।

दशौंहप्ताको विजयीग्राहकहरुको घोषणासँगै ‘रिचार्ज एण्ड विन’अफर पनि समापनभएको छ ।अफर अन्तर्गत दशहप्तासम्ममा १०० जनाभाग्यशालीविजेताहरुले जनही रु एक लाखजित्न सफलभएका छन् । यी मध्ये बिहीबार सम्ममा ६४ जनाले आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने प्रमाणित भईसकेका समेत गरी बाँकी ३६ विजयीहरुलाई आवश्यकप्रक्रिया समापनभए लगतै काठमाडौं लगायतउपत्यकाबाहिर अवस्थितएनसेल सेन्टरहरुबाट नगद पुरस्कार प्रदानगरिने एनसेलले जनाएको छ । अफर अन्तर्गतको नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने गरेको छ ।