Monday, 30, November, 2020

के छ यो तस्वीरमा? जसले डिभोर्स गरायो

सामाजिक सञ्जालमा अहिले यी महिलाको एक फोटो निकै भाईराल भएको छ । यस्तो दावी छ कि यो फोटो देखेपछि  यी महिलाको श्रीमान जोनले श्रीमतीसँग सम्बन्ध बिच्छेद समेत गरेका छन् ।

तर सामाजिक संजालमा भाइरल बनेको यो फोटोमा देखिएको महिलाको बास्तबिक नाम र घटनाको के हो भन्ने बारे भने अहिलेसम्म आधिकारिक समाचार आएको छैन ।

भाइरल बनेको फोटोमा सामाजिक संजालमा यो फोटो पोष्ट गर्नेहरुले लेखे अनुसार यी महिलाका श्रीमान जोन प्राय कम्पनीको कामले बिभिन्न देशहरुमा घुम्ने गर्थे, जसको कारण उनले आफ्नो श्रीमतीलाई त्यति ध्यान दिन पनि भ्याउदैनथे ।

एक दिन रातको समयमा उनले आफ्नी श्रीमतीलाई फोन गरे, तर श्रीमतीले फोन उठाईनन्। उनले लगातार फोन गर्दा पनि धेरै बेरपछि मात्र फोन रिसिभ भयो । फोनमा उनले आफू नुहाउन गएको कारण फोन उठाउन नसकेको बताएकि थिइन । जोनले उनलाई आफ्नो फोटो तत्काल पठाउन भनेपछी उनले अटो क्यामेराको माध्यमबाट आफ्नो फोटो खिचेर श्रीमानलाई यो फोटो पठाएकी थिइन् ।

तर यही फोटोको कारण श्रीमान यति रिसाए कि उनीसँग सम्बन्ध बिच्छेदको बाटो अपनाए । कारण थियो फोटोमा उनको खाट मुनि एउटा व्यक्तिको हात देखिनु । एजेन्सी