Saturday, 28, November, 2020

सुर्खेतमा जन्मिए अनौठा शिशु, टाउका दुई, शरीर जोडिएको

सुर्खेत । कणार्ली प्रदेश अस्पालत सुर्खेतमा अनौठा शिशुको जन्म भएको छ । टाउका दुई र शरीर पनि दुई तर पेट भने जोडिएको शिशु जन्मिएको अस्पतालले जनाएको छ ।

कालिकोटको रास्कोट नगरपालिका–५ कालिकोटका २८ वर्षीय ललिता बुढाले आइतबार प्रदेश अस्पताल सुर्खेतमा  पेटदेखि छातीसम्म शरीर जोडिएका जुम्ल्याहा बालिका जन्म दिएकी हुन् ।

जुम्ल्याहा बालिकालाई एनआईसियुमा राखिएको छ ।स्वास्थ्य अस्वस्था सामान्य भए पनि कुनै जोखिम नलिन डाक्टरहरुले शिशुलाई उच्च सतर्कतामा राखेका हुन् । उनको अप्रेशन गरेर डेलिभरी गराइएको थियो ।