Friday, 04, December, 2020

गायिका रानु निरौलाको आवाजमा रहेको लोक पप गीत ‘लाछा डोरी’ (भिडियोसहित)

गायिका रानु निरौलाको आवाजमा रहेको लोक पप गीत ”लाछा डोरी ” बोलको भिडियो  सार्वजनिक भएको छ । गीतमा राकेश शर्माको शब्द तथा संगीत रहेको छ ।

मायाको  डोरीले बाधे पछि आफनो मायालुलाई जिवनभरी साथ दिने कुरा गायिका रानुले बताएकी छन । एरेन्ज साहास शाक्यले गरेका छन । प्रेमका भावहरुलाई अधिक मात्रामा प्रस्तुत गरिएको छ ।

बासु न्यौपानेको छायाँकन , विकाश ज्ञवालीको सम्पादन , राहुल बराइलीको निर्देशन भिडियोमा रहेको छ । ” लाछा डोरी ” गीतमा आहाना  पोखरेल र रमेश बावुको फिचरिङ रहेको छ ।