Tuesday, 08, June, 2021

हिमस्टारको हातखाली नजाने ‘खुर्क्यो कि फुर्क्यो’ योजना भब्य रुपमा सम्पन्न

गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रा. लि. ले दशैं, तिहार र छठको अवसर पारेर ‘खुर्क्यो कि फुर्क्यो’ योजना सार्वजनिक गरेको थियो जुन भब्य रुपमा सम्पन्न भएको छ ।

ग्राहकको उत्साहजनक रेस्पोन्सले , कम्पनीले आफुले लक्षित टार्गेट १०० प्रतिशतभन्दा, १० प्रतिशत बढी ११० प्रतिशत गरेको छ ।

कम्पनीले नेपालीहरुको महानपर्वहरु बडा दशैं, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन लगायतका होम अप्लाएन्सेसको खरिदमा हातखाली नजाने योजना ल्याएको थियो । यो योजनमा समावेश भएका ग्राहकले कुपन स्क्रयाच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जितका छन् ।

प्रसिद्ध ब्राण्ड हिमस्टारले नेपाली बजारमा स्तरिय होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ ।