Monday, 30, November, 2020

‘छक्का पञ्जा ३’ जापानको मुख्य शहरहरुमा प्रदर्शन हुने

नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पन्जा ३’ले यति बेला एक पछि अर्को रेकर्ड बनाउदै गैरहेको छ ।देश भित्र मात्र नभई विदेशमा पनि चलचित्र ‘छक्का पन्जा ३’को माग  बढेको छ ।

त्यस्तै अब ‘छक्का पञ्जा ३’ जापानको विभिन्न शहरमा प्रदर्शन हुने भएको छ ।

नेपालमा अपार सफलता मिलेको हास्यव्यंग्य कलाकारहरूले अभिनय गरेको ‘छक्का पञ्जा ३’को जापानको मुख्य शहरहरुमा प्रदर्शनको तयारी गरेको हो ।

जापानको मुख्य शहर टोक्यो,नागोया,फुकोओका,शिजुओका,ओकिनामा,तोचिकी,कोवे,निगाता,गुम्दा,सेन्दाई,
फुककशिमा,चिवा,योकोहामा,हिरोसिमा,ओगिरी,तोसु,कुरुमे,ईवाराकी,कुमामोतो,किताक्यूसु आदिस्थानहरुमा प्रदर्शनी हुने सूर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामीछानेले जानकारी दिएका छन् ।

दिपाश्री निरौला द्वारा निर्देशित चलचित्र छक्का पन्जा ३ मा दिपक राज गिरी, केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, निर शाह, बुद्दि तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको छ ।