Saturday, 28, November, 2020

नेपाल राष्ट्र बैंकले माग्यो ११४ कर्मचारी, कुन पदमा कति ?

काठमाडौ। नेपाल राष्ट्र बैंकले विभिन्न ११४ पदमा कर्मचारीको दरखास्त आब्हान गरेको छ।

आज अर्थात २०७५ साल कार्तिक २९ गतेबाट मंसिर २८ गतेसम्म दरखास्त दिन सकिने बैंकले जनाएको छ। त्यस्तै दरखास्त अनलाइनबाट दिनुपर्ने र दस्तुर पनि अनलाइनबाट नै बुझाउने व्यवस्था मिलाएको छ।

माग अनुसार सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा २१ जना, अधिकृत तृतीय, चाटर्ड एकाउन्टेन्टमा १० जना सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितीयमा ६८ जना सहायक द्वितीय सूचना प्रविधिमा १३ जनाको दरखास्त आव्हान गरिएको छ।