Tuesday, 24, November, 2020

नवविवाहित पत्नीले रातमा ‘देसी घिउ’ हालेको दूध ल्याएर पतिलाई खुवाइन्, त्यसपछि…

२२ दिअघि जुन युवतीलाई बेहुली बनाएर युवकले लिएर आएका थिए उनी फरार भएकी छिन् । ती बेहुलीले रातमा पतिलाई दूधमा देसी घिउ हालेर खुवाएकी थिइन् । दूध पिउनासाथ पति निदाए । त्यसपछि पत्नी घरबाट फरार भइन् । रातभर पति बेहोसीको हालतमा रहे । बिहान ७ बजे आँखा खुलेपछि बेडबाट उठ्नासाथ चक्कर लाग्यो र भुइँमा लडे । परिवारका अन्य सदस्यलाई बोलाएपछि परिवारले उनलाई गम्भीर हालतमा अस्पतालमा भर्ना गरे ।

डाक्टरका अनुसार युवकलाई दूधमा मिसाएर नशाको भारी डोज दिइएको थियो । युवकले सदर थानामा उजुरी दर्ता गराएका छन् । घटना भारतको हरियाणा राज्यको यमुनानगरको हो । ती युवकको तीन महिनाअघि विवा पक्का भएको थियो । २० अक्टोबरका दिन उनको विवाह भयो । बिहेपछि सबै ठिक चलिरहेको थियो । आइतबार राती उनकी पत्नी २ गिलासमा दूध लिएर आइन् । उनले भनिन् कि दुवैले सँगसँगै दूध पिउँ । उनले दूधमा देसी घिउ हालेकी थिइन् । युवकका अनुसार उनले त दूध पिए तर पत्नीले पिइनन् ।

युवकले दूधमै नशालु पदार्थ मिलाइएको आरोप लगाएका छन् । यही कारण उनकी पत्नीले दूध नपिएको उनी बताउँछन् । उनकी पत्नीले २५ हजार नगद, करिब डेढ लाख रुपैयाँ बराबरका गहना र उनको मोवाइल लिएर गएको युवकले बताएका छन् । भाइटीकाकै बेला ती युवतीले फरार हुने योजना बनाएको आशंका छ । भाइटीकामा माइतीका व्यक्तिहरु आएका बेला युवतीले आफ्ना शैक्षिक प्रमाणपत्र लगायतका कागजात मगाएकी थिइन् । त्यतिबेला भने आफूले उनको योजना बुझ्न नसकेको युवक बताउँछन् । उता युवतीका माइतीले भने युवकको परिवारले नै आफ्नी छोरी गायब पारेको आरोप लगाइरहेका छन् । एजेन्सी