Thursday, 03, December, 2020

विवादका बीच ‘केदारनाथ’को ट्रेलर रिलिज, पहिलो फिल्ममै साराको हट अवतार

बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा अली खानको डेब्यु फिल्म ‘केदारनाथ’ को अफिसियल ट्रेलर लञ्च भएको छ । फिल्ममा उनको हिरो सुशान्त सिंह राजपूत छन् ।

७ डिसेम्बरमा रिलिज हुने अभिषेक कपूर निर्देशित फिल्म अहिले विवादमा फसेको छ ।  उत्तराखण्डमा केदारनाथका तीर्थ पुरोहितहरुले तिखो प्रतिक्रिया दिएका छन् । उनीहरुले फिल्मले हिन्दूको भावनामाथि आहत पुर्याभएको आरोप लगाएका छन् । फिल्म प्रदर्शनमा रोक लगाउन एक बीजेपी नेताले सेन्सर बोर्डलाई पत्र समेत काटेका छन् । फिल्मको कहानीमा नायक मुस्लिम छन्, जसको हिन्दू युवतीसँग प्रेम हुन्छ ।

फिल्मको कहानी केही वर्ष अगाडि केदारनाथमा आएको प्राकृतिक विपत्तिमा थ्रिलिङ एक प्रेम कहानीलाई लिएर छ । नायिका सारा आफ्नो परिवारसँग केदारनाथको धार्मिक यात्रामा निस्किएकी हुन्छन् तर भारी वर्षा र पहिरोले ठूलो विनाश गर्छ । ठूलो संख्यामा श्रद्धालुहरुको मृत्यु हुन्छ । दुर्घटनासँग जोडिएको कयौं दृश्य फिल्मको ट्रेलरमा देखाइएको छ ।

ट्रेलरको अन्तिममा एक सिन छ, जसमा अभिनेता सुशान्त भगवान शिवको वाहन नन्दीको सिंग समातेर बच्ने कोशिश गरिरहेका छन् । नायक विनाशको बीच पनि नायिकालाई हरहालमा बचाउन चाहन्छन् । विनाशको दृश्य देखाउनको लागि दमदार भिडियो इफेक्ट प्रयोग गरिएको छ । भिडियो इफेक्ट हेर्दा कताकता ब्लकबस्टर फिल्म बहाबलीको झल्को आउँछ ।