Thursday, 17, October, 2019

सेक्सको क्रममा छिटै थाक्नुहुन्छ ? यो उपाय अपनाउनुस !

आफ्नी श्रीमतीको सेक्स इच्छा पुरा गर्न नसक्दा डिभोर्स भएका घटना त सुनिने गरेका छन् । तर, कसरी सन्तुष्ट पार्ने बारेमा शायदै सुन्नु र पढ्नुभएको होला ।

श्रीमतीलाई सन्तुष्ट पार्न पुरुषमा यौन क्षमता चाहिन्छ ।

जून विभिन्न कारणले कमी पनि हुँदै गइरहेको हुन्छ । यहाँ यौन शक्तिमा कमी ल्याउने कारण र बढाउन खानपानका केही यस्ता वस्तुका बारेमा बताइएको छ जसबाट यौनक्षमता बढ्नेछ ।

पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केही कारणः मसलाः अत्याधिक मसला भएको खाना यौन शक्तिमा कमी ल्याउने एउटा कारण हुनसक्छ ।

रक्सी र तम्बाखुको प्रयोगः मदिरा, चुरोट र तम्बाखुको अत्यधिक सेवनबाट जननांग (गोप्य अंग)का कोशिकाहरुमाथि प्रभाव पर्छ र यो पनि यौन शक्ति कमजोर हुने एउटा कारण हुनसक्छ ।

डिप्रेशनः धेरै तनावबाट हार्माेनमा हुने परिवर्तन पनि यौन शक्ति कम गराउने कारणमा एक हो ।

मधुमेह र हाई ब्लड प्रेसरः डायबिटीज र हाई ब्लड प्रेसरले पनि यौन शक्ति कम गराउँछ ।

खान:पानको केही यस्ता चीज, जसले यौन क्षमता बढाउँछः सेतो मुसली (एक प्रकारको आयुर्वेदिक औषधि): युनानी चिकित्साका अनुसार यौनशक्ति बढाउन सेतो मुसलीको प्रयोग बुहत फाइदाजनक हुन्छ ।

अदुवाः यौन शक्ति बढाउनमा यसको भुमिका पनि महत्वपूर्ण हुन्छ । यसकारण खानपिनमा जरुर मिसाउनुस् ।

बदामः बदाम, पिस्ता, खजुरलाई हरेक दिन खादा तपाईमा जरुर फरक महसुस हुनेछ ।

लसुनः काँचो लसुनको २–३ वटा दैनिक सेवन गर्दा केहप् प्रभाव देखिनेछ ।

ताजा फलः रिपोर्टअनुसार यौन शक्तिको कमीबाट पीडित मानिसहरुले ताजा फललाई आफ्नो नियमित खुराकमा मिसाए राहत मिल्नेछ ।