Saturday, 28, November, 2020

देउवाविरुद्ध पूर्वसंस्थापनको मोर्चाबन्दी, सुजतानिवासमा सात नेताको भेला

काठमाडौ । १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने कांग्रेस पूर्वसंस्थापनका नेताहरुले सक्रियता बढाएको छ ।

सोमबार सुजतानिवास मण्डिखाटारमा सात नेताले बिहानको खानासहित छलफल गरेका छन् ।

छलफलमा कोइराला परिवारबाट सुजतासहित महामन्त्री डा. शशांक, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र डा. रामशरण महत सहभागी भए । नयाँ पत्रिकामा खबर छ।