Wednesday, 25, November, 2020

चिसो मौसममा प्रचण्ड र बादलको पौडी, नुहाए तातो पानी कुण्डमा

काठमाडौं। चिसो मौसम सुरु भइसकेको छ । मानिसले बाक्लो र न्यानो कपडा लगाउन थालेका छन् । यही बेला नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले पौडी खेलेका छन् ।

धार्मिक र स्वास्थ्यका दृष्टिले लोकप्रिय मानिएको म्याग्दीको बेनिनगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा सोमबार उनीहरुले नुहाएका हुन् ।पारिवारिक भ्रमणका रुपमा म्याग्दी पुगेका प्रचण्डले कुण्डमा नुहाएको उनको सचिवालयले जनाएको छ । उक्त तातोपानीको कुण्डमा नुहाएमा छालासम्बन्धी रोग निको हुने विश्वास गरिन्छ ।