Thursday, 03, December, 2020

‘भिसा नभएका विदेशीलाई टिकट दिनेविमान कम्पनीलाई कारबाही’

काठमाडौ । अध्यागमन विभागले प्रवेशाज्ञा भिसा र आगमन छाप आईरभल नभएका विदेशीलाई हवाई टिकट दिने आन्तरिक वायु सेवा कम्पनीहरुलाई कारवाही गर्ने भएको छ ।

नेपालका कतिपय निजी कम्पनीले भिसा नभएका विदेशी नागरिकलाई समेत जथाभावी टिकट दिने गरेका छन् ।

विभागले जथाभावी टिकट दिने गरेका छन् । विभागले आईन्दा त्यस्तो दोहोरिए कडा कारबाही गर्ने चेतावनी वायुसेवा कम्पनीहरुलाई दिएको छ ।

भिसाबिना नेपाल छिर्ने विदेशीलाई समेत कडा कारवाही गर्ने तयारी विभागले गरेको जनाएको छ । अध्यागमन विभागले नेपालको भिसा र आगमन छाप नभएका विदेशीलाई हवाई टिकट नदिन आइतबार पर्यटन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणलाई पत्र पठाएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।