Tuesday, 24, November, 2020

मोदीले प्रबुद्ध समुह (ईपीजी)लाई आधा घण्टा पनि समय नदिएपछि…

काठमाडौ । नेपाल भारत प्रबुद्ध व्यक्ति समुह इपीजीले तयार पारेको प्रतिवेदन बुझ्न भारतले आनाकानी गरिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिँदा तयार भएका चार महिनासम्म प्रतिवेदन अलपत्र परेको हो ।

भारतर्फको समय मिलाउने जिम्मेवारी भारतीय पक्षको इपीजी टोलीको थियो । उनीहरुले प्रधानमन्त्री मोदीको समय नै पाउन नसकेको बताउने गरेका छन् ।

भारतीष् पक्षका संयोजक भगतसिंह कोशियारी केही समययता नेपाली पक्षको सम्पर्कमै आउन छाडेका छन् । संयोजकसमेत सम्पर्कमा नआएपछि कुटनीतिक पहलमार्फत बुझाउने तयारी नेपाली पक्षले गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।