Saturday, 28, November, 2020

ट्वाइलेटमा पिसाब फेर्दै गर्दा लिंगमा तीन लिटर लामो अजिङ्गरले टोकेपछि….

थाइल्याण्डमा एक जना ४५ वर्षीय पुरुषलाई आफ्नै घरको शौचलयमा पिसाव गर्नु निकै दर्दनाक सावित भयो । त्यो पनि त्यतिबेला जतिबेला उनी आफ्नै घरको शौचलयमा पिसाब फेरिरहेका बेला सर्पले टोक्यो । यसप्रकारको घटना यसअघि बैंककमा पनि भइसकेको छ ।

रातको अँध्यारोमा किरा फत्याङ्ग्राको सामना हुनु त कुनै आश्चर्यको कुरा होइन, तर करोडौ आवादीवाला महानगरमा घरभित्र सर्पसँगको सामना हुनु भने आश्चर्यको कुरा हो र राजधानी बैंककमा टोडसाक केपांगपान रातको अँध्यारोमा आफ्नो घरको ट्वाइलेटमा पिसाब गर्न गएका थिए । दैनिक डेली न्युजका अनुसार ट्वाइलेटमा उनको लिंगलाई तीन मिटर लामो सर्पले टोक्यो । छिमेकीले उनलाई अस्पताल लिएर गए जहाँ उनलाई १५ टाँका लाइयो । सर्प अजिंगर थयो। त्यसलाई उद्धारकर्मीले समाते र त्यसलाई टाढाको जंगलमा लगेर छाडे ।

टोडसाकले पछि भने–मलाई महशुस भयो कि केहीले मेरो लिंग काटिरहेको छ । त्यसलगत्तै मैले सर्प देखेँ र मैले त्यसलाई मैले समातेँ ताकि त्यसले मलाई छाडोस् । टोडसाकले यो घटनाका लागि स्वयमलाई जिम्मेवार ठहराएका छन् । उनका अनुसार केही महिना पहिला उनले आफ्नो घरको ट्वाइलेटमा एउटा सर्प देखेका थिए र त्यसपछि उनले उक्त ट्वाइलेट प्रयोग गर्न छाडेका थिए । उनले भने–मैले यो कुरामा ध्यान नै दिइनँ कि दुवै ट्वाइलेट एकअर्कासँग जोडिएका छन् । म सतर्क रहनुपर्ने थियो ।

थाइल्याण्डको राजधानी बैंककमा अक्सर घरमा वा बगैंचामा सर्प देखिने गर्दछ । गत वर्ष बचाउकर्मीहरुले करोडौ आवादी रहेको यो महानगरमा ३५ सय सर्प समातेका थिए । दुई वर्ष पहिला पनि बैंककमा यसप्रकारको घटना भएको थयो । जब ट्वाइलेटमा अजिंगर एक जना ३८ वर्षीय व्यक्तिको लिंगमा बेरिएको थियो । श्रीमती र छिमेकीले आधा घण्टा लगाएर उक्त व्यक्तिलाई अजिंगरको कब्जाबाट मुक्त गरेका थिए । ट्वाइलेटमा फसेको अजिंगरलाई निकाल्न ट्वाइलेट नै भत्काउनु परेको थियो । एजेन्सी