Saturday, 02, July, 2022

संसारकै सबैभन्दा सुन्दर महिला, जो आफ्नो सुन्दरताकै कारण बनिन् वेश्या

संसारकै सुन्दर महिला आफ्नो सुन्दरताकै कारण वेश्या बनेको सुन्दा हामीलाई आश्चर्य लाग्न सक्छ तर इतिहासका पानामा यस्ता अनेकौं घटना उल्लिखित छन् जसमाथि विश्वास गर्न मुस्किल पर्छ । इतिहासमा विश्वकै सबैभन्दा सुन्दरीको रुपमा उल्लेख गरिएकी आम्रपालीको कहानी यस्तै अविश्वसनीय छ । आम्रपाली इसापूर्व ६०० को आसपासमा वैशाली राज्यको राजकीय बगैंचामा जन्मिएकी थिइन् ।

आम्रपालीलाई इतिहासकै सबैभन्दा सुन्दर महिला मानिन्छ र भनिन्छ उनीजति सुन्दर कुनै अरु महिला छैनन् । आम्रपालीलाई जन्मिनासाथ उनका मातापिताले आँपको रुखमुनि छोडेर गएका थिए । यही कारण उनको नाम आम्रापाली रहन गयो । बगैंचामा आँपको रुखमुनि छोडिएकी बालिकालाई अर्का एक दम्पतीले फेला पारेर पालेका थिए । उनीहरुले नै बासलकाको नाम राखेका थिए ।

युवा अवस्थामा पुग्दा आम्रपाली निनकै सुन्दर भइन् । उनको सुन्दरताले संसारभरका मानिसहरु मुग्ध हुन थाले तर उनको लागि त्यही सुन्दरता नै सबैभन्दा ठूलो दुश्मन बन्न पुग्यो । आम्रपाली जब पूर्ण युवा अवस्थामा पुगिन् तब त्यस क्षेत्रका हरेक पुरुषले उनीसँग विवाह गर्ने चाहना राखे । आम्रपालीलाई पाउनको लागि पुरुषहरु एक अर्कासँग युद्ध गर्न थाले । आम्रपालीको सुन्दरताको चर्चा जताततै हुन थाल्यो र उनका मातापिताको लागि समस्या थपिँदै गयो किनकि जो कोहीले उनीहरुकी छोरीमाथि नजर गाडेर बसेका थिए ।

उनका मातापिताले बुझिसकेका थिए कि यदि उनीहरुले आम्रपालीको विवाह कुनै एक युवकसँग गरिदिएमा बाँकी सबै उसकै ज्यानको दुश्मन बन्नेछन् । यस्तो गम्भीर समस्याको समाधान गर्नको लागि उक दिन वैशालीमा सभाको आयोजना गरियो । हरेक किसिमले प्रयास गर्दा पनि यो समस्याको कुनै समाधान निस्किएन । अन्ततः सबैको सहमतिले आम्रपालीलाई वैशालीकी नगरवधू (वेश्या) घोषित गरियो । किनकि त्यहाँ यो बाहेक अर्को कुनै विकल्प थिएन ।

यसरी एक सुन्दर युवती आफ्नो सहमतिबिना नगरवधू बनिन् र कैयौं वर्षसम्म वैशालीका मानिसहरुको मनोरञ्जन गरिरहिन् । उमेर ढलेपछि जब उनी वेश्यावृत्तिबाट वाक्क भइन् त्यसपछि उनले सबथोक त्यागेर बौद्ध भिक्षुणी बनिन् । त्यसपछि अहिलेसम्म पनि आम्रापालीलाई उनको सुन्दरताकै कारण वेश्या बन्नुपरेको विभिन्न ग्रन्थहरुमा उल्लिखित छ ।

एजेन्सी