Wednesday, 29, June, 2022

यसरी लगाए मुन्द्रे र दिपाले भाइटिका (भिडियो)

आजको दिन अधिकांश निधारहरु सप्तरङ्गी हुन्छन्, दिदीवहिनी नभएकाहरुले कसैलाई दिदीवहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने चलन पनि छ ।

शुभ साइतमा दाजू-भाइहरू पश्चिम मुखासन भर्इ बस्ने तथा दिदीबहिनीहरू पूर्वाभिमूख भर्इ दाजू-भाइहरूलार्इ टिका लगार्इ शुभाशिष दिर्इ शुभ सगून ख्वाउनु उत्तम हुन्छ । सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, छोहडा, मिठार्इ, मरमसाला लगायतका खानेकुराहरुसहित आज दिदीवहिनीले दाजूभाइको पूजागर्ने चलन छ ।

भिडियो: