Tuesday, 28, June, 2022

१० तस्वीरमा हेर्नुहोस् शंखधर शाख्वा जयन्ती

नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइएको छ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इसं ८८०० मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको शुरुवात गराउनुभएको थियो ।

नेपाल संवतलाई पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए । शङ्खधर साख्वा जयन्तीका अवसरमा भक्तपुरको ठिमीस्थित शङ्खधर साख्वा चोकमा भव्य कार्यक्रम आयोजना गरियो । कार्यक्रममा शङ्खधर साख्वाको सालिकमा माल्यार्पण गरिनुका साथै विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो ।तस्वीरहरु: