यो कुनै एडल्ट फिल्मको दृश्य होइन । यो लाजमर्दो भिडियो एक सरकारी स्कुलको कक्षाकोठाको हो । भिडियोमा कक्षाकोठाभित्रै प्रधानाध्यापक र एक शिक्षिका अश्लील हर्कत गरिरहेका देखिएका छन् । गुजरातको दाहोद जिल्लाको संजेली क्षेत्रको बताइएको छ ।
यो भिडियो कसैले पछाडिबाट खिचेर भाइरल बनाइदिएको थियो । भाइरल भिडियोको विषयमा शिक्षा अधिकारी र शिक्षा मन्त्रीसँग उजुरी गरिसकिएको बताइएको छ । भिडियो सार्वजनिक भएपछि स्थानीय आक्रोशित छन् । भिडियोको वास्तविकता पत्ता लगाउन प्रशासनले अनुसन्धान कमिटी बनाएको बताइएको छ ।