स्पेनमा एक किशोरले गरेको आत्महत्या र उनकी गर्लफ्रेण्डको आत्महत्याको प्रयासले सबैलाई आश्चर्यचकित बनाइदिएको छ । शुक्रबार यहाँको मारबेला क्षेत्रमा बनेको एक भवनको छतमा १६ वर्षका रिचर्ड र उनकी १४ वर्षकी गर्लफ्रेण्ड आत्महत्या गर्न पुगेका थिए ।
रिचर्डले ६५ फिट अग्लो भवनको छतबाट हाम्फाले, तल खसेर उनको मृत्यु भयो । उनकी गर्लफ्रेण्डले जब हाम्फाल्न खोजिन् त्यही बेला पछाडिबाट सुरक्षा गार्ड छतमा पुगे । गार्डहरुले उनलाई रोक्न खोजे तर ती किशोरीले जे भनिन् त्यसले सुरक्षाकर्मीको होस उड्यो ।
गार्डले उनलाई रोक्ने कोसिस गरेपछि ती किशोरीले भन्छिन् कि मेरो आत्महत्याको एउटा फोटो खिच्नुस् । यति भन्दै उनले आफ्नो मोवाइल सुरक्षाकर्मीतर्फ बढाउँछिन् । यही दौरान एक सुरक्षाकर्मीले उनलाई समात्छन् । उनी हाम्फाल्न पूरा प्रयास गर्छिन् तर सफल हुन सक्दिनन् । ती किशोरी चाहन्थिन् र उनको र उनका ब्वाइफ्रेण्डको आत्महत्याको फोटो इन्स्टाग्राममा शेयर होस् जसबाट मानिसहरुलाई उनीहरुको कुरामा विश्वास होस् ।
रिपोर्टका अनुसार आत्महत्याको प्रयास गर्नुभन्दा केही अगाडि किशोरीले आफ्नो इन्स्टाग्राममा लेखेकी थिइन् कि यो दुनियाँ निकै खराब छ । त्यसैले उनी जीवनदेखि दिक्क भइसकेकी छिन् । उनको बाँच्ने इच्छा सकिइसकेको छ । जसले पनि मलाई सहयोग गरेका छन् उनीहरुलाई धन्यवाद भन्छु । त्यसपछि उनका ब्वाइफ्रेण्डले पनि एक पोस्ट गरे जसमा उनले प्रस्ट लेखेका थिए कि उनीहरु यो भवनमा आएर आत्महत्या गर्दैछन् । उनीहरुले किन आत्महत्याको प्रयास गरे? भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । एजेन्सी