डोल्पा । डोल्पामा भे १ च १६१० नंम्बरको जिप दुर्घटनाग्रस्त भएको छ ।सदरमुकाम दुनैबाटबाट १२ जना यात्रु बोकेर त्रिपुराकोटतर्फ जाँदै गरेको जिप ठुलीभेरी नगरपालिका वडा नं ९ मा पर्ने कालागौँडा नजिकैको बतासे ओडारमा दुर्घटना भएको हो ।
बस सडकबाट करिब पन्ध्र मीटर तल ठुलीभेरी नदीमा खसेको प्रहरी चौकी कालागौँडाले जनाएको छ ।
दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।घाईते चालकसहित एक जनालाई उपचारका लागि जिल्ला अस्पताल दुनै लगिएको छ ।
मृत्यु भएका १० जनाको शब निकालेर पोष्टमाट्रमका लागि दुनैतर्फ लगिएको र शबको सनाखत हुन बाँकी रहेको प्रजिअ भुपेन्द्र थापाले जानकारी दिनुभयो ।