Wednesday, 07, June, 2023

रेखा थापा भन्छिन्, प्रधानमन्त्री बन्छु! ४० पुगेसी विवाह गर्छु, अनि बच्चा जन्माउँछु (भिडियोसहित)

चर्चित नायिका रेखा थापाले हाल प्रर्दशनमा रहेको चलचित्र मालिका सामाजिक रूपान्तरणका लागि भएको बताएकी छन्। नेपाली समाजमा भैरहेको आन्दोलनको बिषय बस्तुलाई चलचित्रले प्रतिनिधित्व गरेको उनले बताइन् ।

राप्रपा (प्रजातान्त्रिक)की सह महामन्त्री समेत रहेकी थापाले आफू यो देशको पहिलो महिला प्रधानमन्त्री बन्ने महत्वकांक्षी घोषणा गरेकी छिन् ।

हिमालय टेलिभिजनमा प्रसारित  कार्यक्रम धमलाको हमला मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । “म यो देशको पहिलो प्रधानमन्त्री बन्छु, उनले भनिन्,अनि राष्ट्रपति बन्छु।

आज राप्रपा प्रजातान्त्रिकको सहमहामन्त्रीको रुपमा ऋषिजीसँग कुरा गर्दैछु । अबको दश वर्षपछि म यो टेबुलमा प्रधानमन्त्रीको रुपमा आउँछु ।”

विवाह किन नगर्ने ? भन्ने धमलाको प्रश्नमा उनले आफू अहिले भर्खरै ३५ वर्ष पुगेकोले विवाह गर्न अझै पाँच वर्ष हतार नगर्ने स्पष्ट पारेकी छिन् ।उनले भनिन्,”बुढी भएकोजस्तो लाग्छ । अब ४० वर्ष पुगेपछि विवाह गर्छु । मैले विवाह गर्ने केटा चाहीँ तपाईले खोजिदिनुपर्छ ।”