Wednesday, 09, June, 2021

लौ आयो आकांक्षाको रोमान्टिक गीत (भिडियोसहित)

चर्चित गायिका आकांक्षा बस्यालले नयाँ गीत लिएर आएकी छिन । यतिबेला संगीत सिक्षाको लागि अमेरिका पुगिकी बस्यालले बोलायो बोलको रोमान्टिक गीत ल्याएकी हुन् । सार्बजनिक गीतमा चर्चित गायक कमल खत्रीको शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज रिकेस गुरुङले गरेका छन् ।

यसअघि पनि कमल र आकांक्षाले केही गीतहरुमा सहकार्य गरिसकेका थिए । रोमान्टिक शैलीको गीत मार्फत प्रेमभाव पोखिएको छ । बस्यालका ‘तिमी छौ र’, ‘म पग्लन्छु’, ‘सिंगार’ , ‘मलाई रुन देउ’ लगायतका गीतहरु चर्चित छन् । गीतको लिरिकल भिडीयोलाइ सम्पादक बिकास दाहालले तयार पारेका हुन् ।