Wednesday, 29, June, 2022

के कुनै समय मानिसका दुई अन्तरप्रजातिबीच पनि प्रेम थियो ? यसो भन्छ अध्ययन

डेनी अन्तरप्रजातीय प्रेमको परिणाम थिइन्, यो बैज्ञानिकहरु भन्छन् । उनकी आमा निएन्डरथाल हुन् जबकि पिता डेनीसोवान । यो आदिमानवको एउटा विल्कुलै अलग प्रजातिहरु हुन्, जो युरेसियाई महाद्वीपमा ५० हजार वर्षअघि घुमन्तेका रुपमा बसोबास गर्दथे।

यि बालिकाको बारेमा नेचर पत्रिकाले समाचार दिएको हो । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले यिनलाई आधिकारिक रुपमा डेनिसोवा ११ को नाम दिए । जब उनको मृत्यु भयो तब उनी मात्र १३ वर्षकी थिइन् । उनको मृत्युको कारण स्पष्ट हुन सकेको छैन ।

त्यसो भए के अन्तरप्रजातीय बालबालिकाको इतिहास छ ? माक्स प्लान्ट इन्स्टिच्युट फर इभोल्युशनरी एन्थ्रोपोलजीका अध्ययनकर्ताहरु र रिपोर्टका मुख्य लेखक विवियान स्लाँन भन्छन्–यसअघि पनि अलग अलग होमिनिन अर्थात प्राचीन मानव समूहरुबीचको अन्तरसम्बन्धको प्रमाण फेला परेका छन् । तर यस्तो पहिलोपटक भएको हो कि सिधै हामीले पहिलो पिढीको सन्तानबारे थाहा पायौं ।

डेनीको आश्चर्यमा पार्ने वंशावली सन् २०१२ मा एउटा अड्डीको टुक्राबाट थाहा भएको हो । यो टुक्रा रुसी आर्कियोलजिस्टहरुले साइबेरियाको अलटाई पहाडमा डेनीसोवाको केवमा खोजेर निकालेका हुन् । हड्डीको डीएनए विश्लेषण गरेपछि यसमा कुनै शंका रहेन कि क्रोमोजोम्समा आधाआधा पनएन्डरथाल र डेनीसोवाको मिश्रण थियो। यो चार लाख र पाँच लाख वर्षपहिलाको मानिसको दुई अलग अलग प्रजाति थियो ।

माक्स प्लान्ट इन्स्टिच्युटकै एक जना अर्का वैज्ञानिक प्रोफेसर स्वान्ते पेबोले करिब एक दशकअघि त्यही स्थानमा पहिला डेनीसोवानको पहिचान गरेका थिए । उनी भन्छन्–सुरुवातमा मलाई लागेको थियो कि त्यसलाई प्रयोगशालामै मिलाइयो होला । पूरा संसारमा मात्र दुई दर्जनभन्दा पनि कम मानव जीनोम यस्ता छन् जुन ४० हजार वर्षभन्दा पुराना छन् । निएन्डरथाल, डेनीसोवान र होमो सेपिएन्सका रुपमा यसको कडी बनाइएको छ र यसमा आधाआधा वा फेरि हाइब्रिड हुने आशा शुन्य बराबर छ ।

स्लाँन भन्छन्–वास्तविकता यो पनि हो कि निएन्डरथाल र डेनिसोवानको मिलनबाट बनेको मानिसको खोजीबाट हामीलाई लागिरहेको छ कि अन्तरप्रजातीय प्रजनन हामीले जति सोचेका थियौ त्योभन्दा कयौ गुना बढी भइरहेको थियो । पाबो पनि उनको कुरासँग सहमत छन् । ४० हजार वर्ष पुरानो निएन्डरथाल कयौ पिढी पूरानो होमो सेपिएन्सका साथ हालै रोमानियामा भेटिएको थियो । यसबाट यो धारणा अरु बलियो भयो।

यस्ता कयौ अरु कथाहरुको सन्दर्भमा त्यो प्रश्न छ जसको जवाफ वैज्ञानिकहरु जान्न चाहन्छन् । प्रश्न छ कि जब निएन्डरथाल पश्चिम र मध्य युरोपको पूरै हिस्सामा फैलिएर सफल जीवन बाँचिरहेका थिए भने त्यो ४० वर्षअघि कसरी लुप्त भयो । अहिलेसम्म यो लोपका लागि केही रोग, जलवायु परिवर्तन, होमो सेपिएन्सको हातबाट भएको नरसंहार र केही घटनामा यी सबै जिम्मेवार मानिँदै आएको छ। यद्यपि अहिले प्रश्न उठिरहेको छ कि अफ्रिकाबाट आएको प्रजातिले कतै आक्रमणको साटो प्रेम र स्नेहको सहारा त लिएन ?

पछिल्ला केही अध्ययनहरुबाट पनि यो स्पष्ट भएको छ कि निएन्डरथाल वास्तवमा त्यति पिछडिएका थिएनन् । उनीहरु समूहमा रहेर शिकारको योजना बनाउँथे, आगो बाल्थे । उनीहरुसँग हतियार र कपडा पनि थियो । मृत्यु भएपछि प्रतीकात्मक गहनाका साथ गाडन् गर्दथे । उनीहरुले गुफाहरुको भित्तामा करिब करिब ६४ हजार वर्ष पहिला जनावरको भित्तेचित्र पनि बनाएका थिए । त्यसपछि होमो सेपिएन्स युरोप पुगे । डेनीसोवानका बारेमा त त्यति धेरै जानकारी छैन तर शायद उनीहरुमा पनि यही अवस्था भयो । पेबोले उनीहरुको अस्तित्व पुष्टि दुई औलाको अधुरो हड्डी र दुई वटा चबाउने दाँतबाट गरेका छन् । त्यसको उमेर करिब ८० हजार वर्ष बताइएको छ।

निएन्डरथाल र डेनीसोवानबीच सम्भव छ कि आपसमा निकै मेलमिलाप रह्यो । तर वास्तविकता यो हो कि जहाँ निएन्डरथाल बढीजसो युरोपमा रहे, त्यही अध्ययनकर्ताहरुको अनुमान छ कि डेनीसोवान मध्य र पूर्वी एसियामा बसोबास गर्दथे । एजेन्सी