Monday, 04, July, 2022

तिहार विशेष : आफ्नै घरमा बनाउनुहोस् स्वादिलो रसवरी (भिडियो सहित)

काठमाडौँ । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिदै गर्दा व्यापारीहरु विभिन्न किसिमका मिठाइहरु बनाउने चटारोमा रहेका छन् । विशेषत तिहारमा आफ्नो दाजुभाइको लागि दिदी बहिनीले मिठा मिठा परिकारहरु बनाएर खुवाउने चलन रहेको छ । त्यसैले गर्दा बजारमा बनाएर राखेका बासी मिठाइहरु किन्न र मंगहीको मारमा पर्न बाट जोगीनको लागि आफ्नै घरमा आफुलाई चाहिएको बेलामा तयार गर्न सकिने रसवरी बनाउने तरिका बताउन गइरहेका छौँ ।

रसवरी बनाउने तरिका : दुधलाई भाँडोमा हालेर तताउने । तताएको दूधलाई आवश्यकताअनुसार कागतीको रस राखेर दूध फटाउने । यसरी फाटेको दूधलाई एउटा जालीमा राखेर छान्ने र चिसो पानीले पाखाल्ने । त्यसपछि त्यसलाई सफा कपडामा राखेर निचोर्ने र केही समय सम्म झुन्डाउने । त्यसपछि त्यसुलाई मुच्छने ।

मुछेर त्यसलाई पिठोको डल्लो जस्तै बनाउने । एउटा भाँडोमा चिनी पानी तताउने । र तातिरहेको चिनी पानीमा सा सानो डल्लो बनाएर राख्ने । चिनी पानीबाट निकालेर करिब ५/६ घण्टा फ्रिजमा राख्ने । अब रसवरी तयार भयो ।