उदयपुर । परिवारको आशा थियो छोराले पैसा पठउला । ऋण तिर्ला । बुढा आमाबाको ओखतीमुलो गर्ला । नानीहरुका लागि नानाचाचको बाकस बोके फर्कला । तर, कमाउने छोरै बाकसभित्र फर्केपछि मंगलीमाया र सार्कीबहादुर मगरको परिवारमा सन्नाटा छाएको छ ।
त्रियुगाा ५ श्रीपुरका २६ बर्षे रतन मगर मलेसिया पुगेको थियो । दसैंको दिन उनको परिवार छोराको फोन पर्खेर बसेको थियो ।
चाडको दिन सुखद दुःखको कुरा गरुँला भन्ने आशामा बसेकी पत्नी मीना २३ को फोन त बज्यो । तर, त्यो फोनको मात्रै घण्टी थिएन, मगर परिवारको दुःखको साइरन थियो ।
टीका थाप्दै गरेको बेला रतनको मलेसियामै मृत्यु भएको खबरको उनीहरुले सामना गरे । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।