२७ पुसमा प्रदर्शनमा आउने चलचित्र ‘चौका दाउ’ ले दोस्रो गीत सार्वजनिक गरेको छ । ‘मेरो माया कतारमा’ बोलको गीत सोनीका केसीमाथि फिचरिङ गरिएको छ । उनको साथमा सन्तोष पन्त, तैयव शाह, रविन्द्र झा, विल्सनविक्रम राई, वर्षा राउतको पनि नृत्य देख्न सकिन्छ ।
शम्भुजित बाँस्कोटको संगीत रहेको गीतमा श्रीपुरुष ढकालको शब्दमा शम्भुजितसँगै सुमन गुरुङले स्वर भरेका छन् । कोरियोग्राफी बसन्त श्रेष्ठको छ । गीतमा मोडल सोनिका केसी बोल्ड अवतारमा प्रस्तुत छिन् । अभिनेत्री बर्षा राउतले पनि ठुम्का लगाएकी छन् ।
गीतमा युवती भनेपछि मरिहत्ते गर्ने अर्धबैशे पुरुष पात्रहरुको चरित्र चित्रण गरिएको छ । फिल्ममा विल्सन विक्रम राई, सन्तोष पन्त, तैयव शाह, रबिन्द्र झा, निर्मल शर्मा, अजाश्र ढुङ्गानालगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।
सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीको निर्माण रहेको यो फिल्मलाई दिर्घ गुरुङले खिचेको हुन । ‘चौका दाउ’ मा मित्र डि.गुरुङको सम्पादन रहेको छ । पुर्नेन्दु झा निर्देशित यस फिल्ममा संगीतकार बाँस्कोटाको कथा छ ।