Thursday, 28, January, 2021

परदेशमा युवतीले नशाको सुरमा आफ्नो नियन्त्रण गुमाउदा एक जनाको मृत्यु, ३ जना घाइते 

शुक्रबार राती युएइमा नेपाली युवतीहरुको बिचमा झगडा हुदा एक जनाको ज्यान गएको छ । ट्रान्जिफ्को भन्ने एक किलिनर कम्पनीमा काम गर्ने  नुवाकोटकी युवती सोनी तमाङ्गले प्रसस्त मात्रामा मध्यपान सेवन गरी अनियंत्रित भएपछी आफ्नै साथीहरुमाथी जताभाबी चक्कु प्रहार गरेर हत्या गरिएको बताइएको छ ।

रक्सी पिएपछी अनियंत्रित भएकी सोनीलाई रोक्न र सम्झाउन खोज्नेहरु उन्को चक्कुको निसाना बनेका थिए ।

” हामी सबै जना बसिरहेका थियौ, उन्लाइ रक्सी लागेपछी नियन्त्रण गुमाइन र धारिलो चक्कु ल्याएर प्रहार गर्न सुरु गरिन, त्यो चक्कु हामीले रक्सी पिउने क्रममा सलाद काटनको लागी उपयोग गरेका थियौ । मलाइ त्यो क्षण सम्झदा पनि अहिले कहाली लागेर आउँछ उन्ले त्यसो गर्लिन भन्ने हामीले अलिकति पनि चिताएका थियनौ ।”  एक जना प्रत्यक्षदर्शीले बताए ।

उन्को चक्कु प्रहारबाट सोही कम्पनीमा काम गर्ने अन्य ३ जना युवती  गम्भीर  घाइते समेत भएका छन । घाइते हुनेहरुमा  ठेगाना नखुलेका ममता चौधरी, सलिना मगर र आशा दर्जी छन । उनिहरुको सारजाहको अल्क्यासीनी अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्य ममता चौधरीको अबस्था चिन्ताजनक रहेको उपचारमा सग्लन चिकित्सकले बताएका छन । अन्य २ जना सलिना र आशाको अबस्था सुधारमोन्मुख रहेको बताइएको छ ।

आक्रमण गर्ने युवतीको सबै साथीहरुबिच राम्रो  सम्बन्ध भएतापनी उक्त घटना किन र कसरी घटाइयो भन्ने अझै खुल्न सकेको छैन । अभियुक्त युवतीलाइ  प्रहरीले पक्राउ गरी आब्स्यक अनुसन्धान गरिरहेको पनी बताइएको छ ।

पारिवारिक र चाडपर्वको बिछोडको पिडालाइ भुलाउन रमाइलो गर्ने उदेश्यले गरिएको सामुहिक जमघटबाट यतीठुलो घटना हुन्छ भन्ने कहिल्यै नसोचेको एउटै कोठामा बस्ने  अर्की एक जना युवती कमला बमजनले बताइन । उन्ले बिगतमा यस्ता अस्वभाविक हर्कत कहिल्यै नदेखाइएको र सबैसग राम्रो व्यबहार गर्ने गरेतापनी एक्कासी उनीमा आएको डरलाग्दो परिवर्तनदेखि आफुहरु अहिलेसम्म पनी हैरान भएको उन्को भनाइ छ ।

सोनीको चक्कु प्रहारबाट बम्जन समेत सामान्य घाइते भएकी छन । छुट्याउने क्रममा नारीमा सामान्य चोट लागेको उन्ले बताइन ।

उन्को काम गर्ने ठाउँ डिपिवोर्डमा बम्जन एक्कासी बिरामी समेत भएकी थिन । शरीर काम्ने र डराउने जस्ता लक्षण देखिएपछी सेकुरेटी  कन्ट्रोल रुमले तत्काल एम्बुलेन्स बोलाएको थियो । मेडिकल टीमको पाराम्भिक जाचपछी उन्लाइ थप उपचार आब्स्यक पर्ने भन्दै दुबैको एनएमसी हस्पिटलमा उन्लाइ  भर्ना  गरिएको छ ।

कसरी बन्यो रक्सी पिउने योजना ?

सबैजना बेलुका ६ बजे डिपिवोर्डबाट छुट्टी भएपछी दशै मनाउन नपाएको पीडा भुलाउन गाडीमा जादै उनिहरुले रक्सी पिउने योजना बनाएका थिए ।

उक्त ठाउमा काम गर्ने धेरै नेपाली केटाहरुपनी थिए । सोही प्रस्ताव उनिहरुले केटाहरुलाइ पनि राखे ।

ट्रान्जिफ्को कम्पनीमा काम गर्ने सबै कामदारहरुको बस्ने ठाउँ सारजाह र दुबैको जावेलअलीमा थियो । उनिहरुको प्रस्ताव सुनिसकेपछी केटाहरु सिधै सारजाह हान्निए किनकी त्याहा बस्नकालागी अन्य उनिहरुको साथिहरुको कोठा अझै त्याहा छ । १,२ घण्टा नेपाली दिदिबहिनीहरुसगै बसेर दशै मनाएर  रमाइलो गर्ने उदेश्यले त्याहा सिधै गएका थिए । रक्सी पनि त्यहा नजिकै बङ्गालीहरुले अबैधानिकरुपमा लुकीछिपी बेच्ने भएकाले जावेलअली भन्दा सजिलो हुन्छ  उक्त पाटीमा सहभागी एकजनाले नाम नुखुलाउने सर्तमा बताए ।

रातको करिब ८ बजे केही नेपाली युवा र युवतीहरुसगै बसेर रक्सी पिउन सुरु गरे । करिब २ घण्टा सगै बसेर पिएपछी केटाहरु आफ्नो कोठातिर लागे । यतीबेलासम्म रातको १० बजिसकेको थियो ।

चारै जना युवतीहरु सिर्जना, सोनी, ममता, सलिना र आशा पनि आफ्नो कोठातिर लागे ।

विशेषगरी परिवारिक र चाडपर्बको बिछोडको पीडा भुलाउन गरिएको रक्सीपाटीले आफ्नै साथीहरुबिचमा यतीठुलो घटना घटन सक्छ भन्ने सगै पिएर छुटेका केटाहरुपनी आकलन गर्न सकेका थिएनन उनिहरुसगै पिएर फर्किएका अर्का एक जना सहभागीले बताए  ।

पहिलापनी युवतीहरु रक्सी पिउने गर्थे ।

त्यो भन्दापहिला पनि युवतीहरु रक्सी पिउने गरेको बुझिएको छ ।
” हुन त उनिहरु पहिलेपनी रक्सी पिउने गर्थे तर उनिहरुबिच हामिहरुले थाहा पाएसम्म कुनै झगडा भएको थिएन । राम्रोसग नै मिल्थे ।” ट्रान्जिफ्को कम्पनीमा नै काम गर्ने सिन्धुपाल्चोक घर भएका साइट सुपरभाइजर सनोज सेर्पाले बताए ।
उनिहरु एकर्कोमा राम्रो साथी भएको बताउदै सेर्पाले भने :” खै मलाइ त यति ठूलो घटना घटछ भन्ने  कहिल्यै सोचेको थिन । बडो दु:खद घटना घट्यो ।”
ब्यक्तीगत रिसिबी बिना नै रक्सीको सुरमा सोनीले आफुलाइ नियन्त्रण गर्न नसकेको कारणले नै उक्त घटना भएको हुन सक्ने सेर्पाको बुझाइ छ।घटनापछी बाताबरण कस्तो थियो ?

“घटना भएपछी हामी पनि घटनास्थलमा पुग्यौ । रगतको मात्र धेरै थियो । कोठाभित्रबाट बगेको रगत बाहिरसम्म आएको थियो । त्यहा झगडा भएको थाहा भएपछी कसैले सुरक्षा गार्डलाइ पनि बोलाउन गएछन तर सबै ढलेको देखेपछी उक्त बिल्डिङ्गमा सबै कोठामा बस्नेहरुको भागाभाग भएछ । सायत तुरुन्तै इमेर्जेन्सी प्यारामेडिक टीमलाइ खबर गरिदिएको भए सायत सिर्जना बाच्न सक्थिन होला । घटना भएको करिब २ घण्टापछी मात्र थाहा भएछ । एम्बुलेन्सले चारै जनालाइ उद्दार त गर्‍यो तर सिर्जनाको प्रसस्त मात्रामा रगत बगेको हुनाले उपचार गर्दा गर्दै डाक्टरहरुले मृत्यु भएको घोषणा गरे ।

उक्त घटनाकी प्रत्यक्षदर्शी कमलालाइ पनि अलिकति चोट लागेछ त्यैपनी उन्लाइ गहिरो मानसिक चोटको कारण आफुलाइ सामान्य अबस्थामा ल्याउन सकेकी छैनन । कराउने, डराउनेजस्ता कारणले उन्को पनि दुबैको एनएमसी अस्पतालमा उपचार भैरहेको छ ।
विशाल बस्नेत 
(एकजना घट्नापछीका प्रत्यक्षदर्शीसगको कुराकानीमा आधारित ।)