Wednesday, 07, June, 2023

कपिलवस्तुको गोरुसिंगे जंगलमा दुर्घटना : ३ जनाको मृत्यु, ३३ घाइते

कपिलवस्तु । पूर्व पश्चिम राजमार्ग अन्तर्रगत कपिलवस्तुको बुद्धभूमि २ गोरुसिंगे जंगलमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
बस र टिप्पर ठोक्किदा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दाङ गढवाका ४ बर्षिय शुसान्त सुनारको मुत्यु भएको प्रहरीले जनाएको छ। उनको उपचारको क्रममा मृत्यु भएको हो। घटनामा घाइते ३३ जना मध्ये थप दुइ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको परिचय खुल्न सकेको छैन्।

घाइते मध्ये १३ जनाको अवस्था गम्भिर रहेको बताइएको छ। दाङबाट बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरित दिशामा गुड्दै गरेको लु २ ख १४७७ नंम्बरको टिप्पर एक आपसमा ठोक्किएका हुन।

घटना दिउसो साढे दुई बजेको बीचमा भएको हो।दुर्घटना पछि सडक केही समय अबरुद्ध भएको थियो । अहिले भने सवारी सुचारु भएका छन।