आजकल मोवाइल फोन जति प्रचलनमा छ त्यत्तिकै मात्रामा भिडियो हेर्ने क्रम पनि बढेको छ । इन्टरनेट सुविधा भएका व्यक्तिहरु भिडियो इन्टरनेटबाट सिधै हेर्छन् । नभएकाहरु साथीभाइको मोवाइलबाट आफ्नो मोवाइलमा सारेर वा मोवाइल पसलमा गएर भिडियो राख्न लगाएर पनि भिडियो हेर्छन् । यस्तै एक व्यक्तिले मोवाइल पसलमा गएर आफ्नो मोवाइल फोनमा केही अश्लील भिडियो राख्न लगाए । जब उनी घरमाआएर ती भिडियो हेर्न थाले उनको होसहवास उड्यो ।
घटनाभारतको उत्तरप्रदेशको बरेलीको हो । तपाइँ सोचमा पर्नुभयो होला ती व्यक्तिको होस किन उड्यो त ? अब आफैं सोच्नुहोस् हाम्रो समाजको कुनै व्यक्तिले पोर्न भिडियो हेर्दै जाँदा आफ्नै श्रीमतीको पोर्न भिडियो देख्यो भने उसको के हाल होला ? हो, ती व्यक्तिले मोवाइल पसलबाट राख्न लगाएका भिडियोमध्ये एउटा भिडियो उनकै पत्नीको थियो । भिडियो देखेपछि ती व्यक्तिले प्रहरीमा यसको उजुरी गरेका छन् ।
बरेलीको अलिगंजको यो घटना हो । यहाँका ती व्यक्तिको २१ वर्षको उमेरमाफतेहगंजको पश्चिमी क्षेत्रकी युवतीसँग बिहे भएको थियो । बिहेको लामो समय बित्दा पनि उनीहरुले सन्तान भने जन्माउन सकेका थिएनन् । त्यसपछि उनीहरुले युवकका भान्जालाई धर्मपुत्रको रुपमा पालेका थिए । ती युवक पत्नी र छोरालाई छोडेर राजस्थान काम गर्न जान्थे । केही दिन पहिले उनलाई उनका छोराले बताए कि उनी नहुँदा घरमा केही युवकहरु आउँथे र लामो समयसम्म घरमै बस्थे । यस विषयमा जब उनले पत्नीसँग सोधे उनीहरुबीच झगडा भयो र उनकी पत्नी घर छोडेर बहिनीको घरमा गएकी थिइन् । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । एजेन्सी