Wednesday, 07, June, 2023

स्वास्थ्यका समस्या देखिएपपछि प्रधानमन्त्री अस्पतालमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारार्थ आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जानुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार केही दिनयता प्रधानमन्त्री ओलीको रुघा खोकी सामान्य अवस्थामा नआएपछि आज अस्पताल जानुभएको हो ।

सामान्य स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीलाई अस्पताल लगिएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीको मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. विद्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली प्रधानमन्त्रीको उपचारमा खटिएको छ । प्रधानमन्त्री ओली अस्वस्थ भएपछि केही दिनदेखि घरमै आराम गरिरहेका थिए ।