Wednesday, 07, June, 2023

अहिले कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ?

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । मौसमी रुघाखोकी र हल्का ज्वरोले अस्वस्थ भएपछि उनले नियमित भेटघाट रोकेका थिए ।
शुक्रबारदेखि प्रधानमन्त्री ओली निवासमै आराम गरिरहेका थिए । प्रधानमन्त्री अस्वस्थ भएपछि  शुक्रबारको मन्त्रिपरिषद बैठक समेत स्थगित गरिएको थियो ।
शनिबार नेकपाले आयोजना गरेको चियापानमा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए । अन्नपूर्ण पोष्टमा खबर छ।