चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैंक अफ स्वीट्जरल्याड (यूएसबी)ले गरेको एक अध्ययनले जनाएको छ।
चीनमा अर्बपतिहरूको संख्यामा सन् २०१६ मा ३१८ रहेकोमा सन् २०१७ भरीमा ३१७ जना पुगेका र उनीहरूको संयुक्त सम्पत्ती एक करोड खर्ब १२ अर्ब रहेको उक्त बैंकले गरेको सर्वेक्षण प्रतिवेदनले देखाएको छ। यसले चीन विश्वका धनाढ्य व्यवसायी उत्पादन गर्ने मुलुकमध्ये अग्रणी राष्ट्र बन्न सफल भएको उक्त बैंकको ठहर छ।
विश्वभरका दुई हजार १५८ धनाड्य व्यवसायीसँगको सम्पत्ती सन् २०१७ मा १९ प्रतिशतले बढी ८.९ ट्रिलियन पुगेको प्रतिवेदनमा जनाइएको छ। तर रिपोर्टमा यो पनि उल्लेख गरिएको छ कि स्थापित चिनियाँ धनाढ्यहरूलाई नबधनाढ्यहरूले पछि पार्ने गरेका छन्।
सन् २०१७ मा १०६ जना नयाँ व्यक्तिले आफूलाई विश्वका धनाढ्य व्यवसायीको सूचीमा दर्ता गरेका थिए भने यस पहिले उक्त सूचीमा रहेका ५१ जना भने धनाढ्य व्यवासायीको सूचीबाट हटेका थिए। ‘बितेको एक दशकमा चिनियाँ पूँजीपतिहरूले विश्वका केही ठूला तथा सफल कम्पनीहरूको स्थापना गर्न सफल भएका देखिएको छ’, यूबिइस ग्लोबल म्यानेजमेन्टका प्रमुख जोसेफ स्टाडलरले भने ‘तर यो मात्रै शुरुवात हो।
चीनको विशाल जनसंख्या, नयाँ प्रबिधिको आविस्कार र उत्पादकत्व वृद्धिका लागि चिनियाँ सरकारले गरेको सहयोगले चिनियाँ धनाढ्य व्यवसायीलाई आफ्नो व्यवसायको सफलताका लागि मात्र नभै यहाँका जनताको जीवनपद्धतिलाई अहिलेकोभन्दा राम्रो अवस्थामा पुर्याउने अभूतपूर्व मौका दिएको छ’ यूबिएस तथा लेखा परीक्षकहरूको संस्था पिडब्लुसीले अमेरिकामा भन्दा एसियामा अहिल्य नै धेरै धनाढ्यहरू रहेका छन्।
वर्तमान् प्रवृति कायम रहेमा उनीहरू धनी अमेरिकी व्यवसायीको तुलनामा आगामी तीन वर्षभित्र थप धनी बन्ने उक्त अध्ययन रिपोर्टमा उल्लेख छ। सन् २०१६ मा विश्वका धनी व्यक्तिहरूको सूचीमा १६ जना चिनियाँ रहेकोमा अहिले विश्वका हरेक पाँच धनी व्यवसायीमध्ये एक जना चिनियाँ रहेको बताउने गरिएको छ।
बैंकले भनेको छ ९७ प्रतिशत चिनियाँहरू आफ्नै परिश्रमले आफूलाई धनी व्यक्तिहरूको सूचीमा पार्न सफल भएका छन् र अधिकांश प्रविधि तथा फुटकर सामानहरूको बिक्रेता रहेका छन्। प्रतिवेदनमा अमेरिकी क्षेत्र अझै पनि धेरै धनाढ्य व्यक्ति भएको क्षेत्र हो तर सम्पत्ती वृद्धि गर्ने उनीहरूको चाल निकै कम रहेको भनिएको छ।
पाँच वर्ष पहिले अमेरिकाले विश्वका ८७ जना धनी व्यक्तिहरू उत्पादन गर्न सफल भएकोमा गत वर्ष सो संख्या ५३ मा झरेको थियो। पश्चिम यूरोपमा सन् २०१७ मा ४१४ मा १७ थप गरी जम्मा ४३१ पुगेको थियो।