Wednesday, 20, January, 2021

सुरक्षा गार्डले चुरोट नल्याइदिएको भन्दै युवतीले मच्चाईन् हँगामा, प्रहरीकै अगाडि खोलिन् कपडा

भारतको ओशिवारामा भएको एउटा घटनाको भिडियो अहिले भाइरल भइरहेको छ। उक्त भिडियोमा एकजना युवतीले आफ्नो लुगा फुकाल्दै झगडा गरिरहेकी छिन्।

एउटा बिल्डिंगमा युवतीले त्यहाँका सेक्युरिटी गार्डसंग चुरोट मागीन्। उनी नशाले मात्तिएकी थिइन्। सेक्युरिटी गार्डले चुरोट दिन मानेन्। त्यसपछि ती युवतीले सेक्युरिटी गार्डलाई गाली गर्ने र झम्टिने गर्न थालेपछि गार्डले पुलिस बोलाएका थिए।

पुलिस देख्नासाथ ती युवती झन् आक्रामक बनिन्। पुलिसले उनलाई पक्रेर लैजान खोज्यो। तर ती युवतीले आफ्ना सबै लुगा फुकाल्न थालिन्।उक्त घटना भइरहेको ठाउँमा गएको पुलिसमा कोही पनि महिला थिएनन्। त्यसैले पुलिसले उनलाई जबर्जस्ति पक्राउ गर्न सकेन।

वरिपरिका सबै मानिसहरु भेला भएर रमिता जसरि हेर्न थाले। ती युवतीले घन्टौं सम्म चिच्याउने, लुगा फाल्ने, गाली गर्ने गरिरहीन्। एजेन्सी