काठमाडौ । चालू आर्थिक वर्षको दुई महिनामा एक खर्ब ५४ अर्ब रुपैयाँ ‘रेमिट्यान्स’ मुलुक भित्रिएको छ।
गत वर्षको सोही अवकिो तुलनामा यो करिब ३४ प्रतिशतले बढी हो । गत वर्ष भदौसम्म रेमिट्यान्समार्फत एक खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ नेपाल आएको थियो।
चालू आर्थिक वर्षको सुरुदेखि नै वृद्धिदर उच्चदरमा हुन थालेको छ। साउनमा रेमिट्यान्स वृद्धिदर ३३.१ प्रतिशत थियो। भदौमा वृद्धिदर ३४ प्रतिशत हाराहारीमा पुगेको राष्ट्र बैंकको तथ्यांक छ। पछिल्ला दुई वर्षयता रेमिट्यान्स वृद्धिदर घट्दो क्रममा थियो।
चालू आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स आप्रवाह वृद्धिदर उच्च देखियो। यो अवधिमा अमेरिकी डलरको विनिमय दर बढ्नुका साथै कोरिया, अमेरिका र भारतबाट वैधानिक प्रणालीमाफैत भित्रिने रकम बढेपछि समग्र रेमिट्यान्स वृद्धिदर उच्च बनेको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए। कान्तिपुर दैनिकमा खबर छ।