Wednesday, 07, June, 2023

विश्व भोकमरीको सूचीमा नेपाल ७२ औं स्थानमा

काठमाडौ । नेपालको भोकमरीको सूचकांक विश्व मानवचित्रमा विगत तीन वर्षदेखि एउटै स्तरमा रहेको पाइएको छ।

विश्वभरको खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी सूकचकांक (जीएजआई) प्रतिवेदनअनुसार सन् २०१६ देखि नेपाल निरन्तर ७२ औं स्थानमा रहेको छ।

विभिन्न निकायसँगको सहकार्यमा कन्सन वल्डवाइडले विल्श्व खाद्य दिवसको अवसरमा हालै विश्व भोकमरी सूचकांक २०१८ सार्वजनिक गरेको हो। प्रतिवेदनअनुसार दक्षिण एसियामा सबैभन्दा अब्बल स्थान श्रीलंका छ।

यसअघिका वर्षमा भने नेपालको स्थान सबैभन्दा सुधारको अवस्थामा रहेको छ। यो वर्ष श्रीलंका १७.९ अकसहित ६७ औं स्थानमा छ। नेपाल २१.२ अंकसहित दोस्रो स्थानमा रहेको छ। प्रतिवेदनअनुसार भारत १०३ स्थानमा छ भने बंगलादेश ८६ औं स्थानमा रहँदा पाकिस्तान १०६ औं स्थामा रहेको छ। कारोबार दैनिकमा खबर छ।