Saturday, 02, July, 2022

नक्कली प्रमाणपत्रले जागिर खानेमा शिक्षक धेरै

काठमाडौ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्येमा सबैभन्दा धेरै शिक्षक भेटिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि भएको अनुसन्धानबाट नक्कली प्रमाणपत्रमार्फत जागिर खानेमध्ये शिक्षक धेरै भेटिएको पुष्टि भएको हो। विशेषगरी भारतको बिहारलगायतका स्थानबाट ल्याइएका शैक्षिक प्रमाणपत्र नक्कली भेटिने गरेको अख्तियारले जनाएको छ।

अख्तियारमा उजुरी परी अनुसन्धानबाट ठहर भएकामध्ये प्राथमिक र निम्नमाध्यमिक विद्यालय र लब्धांकपत्र नक्कली भेटिने गरेको हुन्। जागिर खाइरहेका र कतिपय जागिरबाट निस्केका समेतको नक्कली प्रमाणपत्र भेटिने गरेको छ। नागरिक दैनिकमा खबर छ।