काठमाडौ । बाँझोपन र निःसन्तान समस्याका कारण कृतिम गर्भाधानतर्फ आकर्षण बढेको छ। विभिन्न कारणले प्राकृतिक गर्भाधान हुन नसक्दा दम्पतीको स्वास्थ्य अनुसन्धान गरी उपचार गर्ने विधि कृतिम गर्भाधान (आइभीएफ) हो जसलाई क्रृत्रिम गर्भाधान गराउने वैज्ञानिक प्रविधि पनि भनिन्छ।
ढिलो विवाह, ढिलो गर्भकारण र बदलिँदो जीवनशैलीका कारण महिलामा बाँझोपन समस्या बढ्दो छ। बाँझोपन बढेसँगै निःसन्तान केन्द्रमा सेवाग्राहीको घुइँचो बढेको छ। सीमित ठाउँको सेवा खर्चिलो र लामो हुने हुँदा सेवाग्राही चिन्तामा हुन्छन्। निःसन्तानका धेरै कारण हुने भए पनि १० देखि १५ प्रतिशत कारण पत्ता नै नलाग्ने थापाथलीस्थित निःसन्तान केन्द्रकी प्रमुख डा. उषा श्रेष्ठ बताउँछिन्।
थापाथलीस्थित प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतमका अनुसार सीमित जनशक्ति, न्यून उपकरण र साँघुरो ठाउँका कारण क्रृत्रिम गर्भाधान गराउन समस्या हुने गरेको छ।
ललितपुरको कुपण्डोलमा प्रसूति गृहको छुट्टै आईभीएफ भवन बनिरहेको उनले जानकारी दिए। बाँझोपन समस्या हटाउन कम गर्न प्रयोग हुने यो प्रविधिमा महिलाको डिम्ब र पुरुषको शुक्रकीट प्रयाृगशालामा राखेर करिब ४८ घण्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापन गरिन्छ। कान्तिपुर दैनिकमा खबर छ।