Wednesday, 07, June, 2023

भृकुटीमण्डपमा नेकपाको चियापानमा दिनभर जे देखियो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको थियो ।

अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना भएको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका नेता–कार्यकर्ता, सांसद, कुटनीतिक, कलाकार पत्रकारलगायतका विभिन्न व्यक्तित्वको सहभागिता थियो ।

कार्यक्रममा आएका अतिथिहरुलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड लगायत शीर्ष नेताहरुले स्वागत गरेका थिए् ।

चियापानमा करीब ५० हजार जनालाई निम्तो कार्ड दिइएको थियो ।

प्रधानमन्त्री ओली किन आएनन् ?

चियापान कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । प्रधानमन्त्री ओली अस्वस्थ भएका का।ण कार्यक्रममा सहभागी नभएको बताइएको छ । स्वास्थ्यमा समस्या आएपछि ओली बालुवाटारमै आराम गरेर बसिरहेका छन् ।

प्रचण्डले के भने ?

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको बताए । उनले समृद्धि र समाजवादको नयाँ युगको तयारी गर्ने सर्न्दभमा सांस्कृतिक कार्यक्रमको विशेष महत्व रहेको बताए । चियापान कार्यक्रममा नेताहरु माधव कुमार नेपाल, बामदेव गौतम, सुवास नेम्वाङ्ग, पम्फा भुसाल, राम बहादुर थापा वादल लगात अन्य शीर्ष नेताहरुको उपस्थिति देखिन्थ्यो ।

परिकार के-के थियो ?

चियापान कार्यक्रमका सहभागीलाई केरा, लड्डू, खस्ता कचौरी, चियालगायत परिकार दिइएको थियो । यस्तै भीआईपी अतिथिहरुका लागि भने २ हजार स्वान्डविच तयार गरिएको थियो ।

नेकपाले चियापानका लागि ५० हजारलाई निमन्त्रण दिएको बताइएपनि नास्ता भने २० हजार जनाको लागि मात्रै तयार गरिएको बताइएको छ ।