Wednesday, 07, June, 2023

१३ वर्षको उमेरमा देश छोडेका थिए, कलेजमा गर्ने सफाइको काम अनि…

बेलायतको ब्रिस्टल विश्वविद्यालयमा सयौं विद्यार्थी मिलेर विश्वविद्यायका क्लीनरलाई जीवनकै सबैभन्दा ठूलो उपहार दिए। विश्व विद्यायलको सफाइ गर्ने व्यक्ति आर्थिक अभागका कारण विगत नौ वर्षदेखि आफ्नो घर जान पाएका थिएनन्। तर उनले आफ्नो बाध्यता कसैलाई पनि बताएका थिएनन्।

र खुशीसाथ आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका थिए। विद्यार्थीबीचमा पनि उनी लोकप्रिय थिए। जब उनको समस्या विद्यार्थीले थाहा पाए तब उनलाई सहयो गर्ने योजना बनाए। उनीहरुले अनलाइन डोनशनबाट लेड लाख रुपैयाँ जम्मा गरे। त्यो पैसालाई उनीहरुले सरप्राइज गिफ्टका रुपमा एउटा खाममा राखेर क्लीनलाई दिए, तब क्लीनरको खुशीले आँखाबाट आँशु आएका थिए।

यो घटना ६५ वर्षका हरमन गोर्डनको हो, जो बेलायतको ब्रिस्टल विश्वविद्यालयमा १२ वर्षदेखि क्लीनरका रुपमा काम गर्दै आएका छन्। उनी आफ्नो इमान्दारिता र सहयोगी वानीका कारण विश्व विद्यालयका विद्यार्थीबीच निकै लोकप्रिय छन्।

काम बाहेक अधिकांश समय उनी विद्यार्थीलाई खुशी बनाउने मै तल्लीन हुन्छन्। विद्यार्थी उनलाई खुशीको दोस्रो रुप मान्छन्।
तर प्रत्येक हँसिलो अनुहारपछि कुनै न कुनै दुख लुकेको हुन्छ। उनी १३ वर्षको उमेरमा जमैकाबाट बेलायत आएका थिए। सूरमा उनी घर जाँदै आउँदै गर्थे, तर आर्थिक अभावका कारण यो क्रम बन्द भयो।

हरमन विगत नौ वर्षदेखि घर जान पाएका थिएनन्। यो कुरा जव विद्यार्थीले थाहा पाए तब उनलाई सहयोग गर्ने योजना बनाए।
विद्यार्थीले उनकालागि अनलाईन मार्फत पैसा जम्मा गर्न सुरु गरे।

२३० भन्दा धेरै विद्यार्थीले उनकालागि पैसा जम्मा गराए। पाँच दिनमा उनीहरुले करिव डेढ लाख रुपैयाँ जम्मा गर्न सफल भए। त्यसपछि उनीहरुले हरमनलाई सरप्राइज दिने तयारी गरे। एक सानो कार्यक्रम आयोजना गरेर उनीहरुल हरमनलाई बोलाए  अनि एउटा खाम दिए। सुरुमा त उनले केही बुझ्नै सकेनन्। तर, जब उनले खाम खोले तब उनी एकाएक भावुक भए। खाम भित्र उनको कामको तारिफ गरिएको एक चिठ्ठी थियो र सरप्राइज गिफ्टमा रुपमा डेढ लाख रुपैयाँ पनि। एजेन्सी