रेखा थापा निर्देशित चलचित्र मालिकाको पोष्टर सार्वजनिक गरिएको छ। यही कार्तिक १६ गतेबाट देशभर पर्दशनमा आउने चलचित्र मालिकाको पोष्टर आज सार्बजनिक भएको हो।
नारी विभेदलाई समेटी निर्माण गरिएको उक्त चलचित्रको पोष्टर हेर्ने हो भने पछिल्लो समय चर्चामा रहेको विषय निर्मला हत्याकाण्डलाई प्रष्ट देखाउन खोजेको पाईन्छ।चलचित्रमा रेखा थापा संगै कर्नालिकी एक नारी कमलालाई मुख्य पात्रको रुपमा देखाउन खोजिएको छ।
रेखाले नै निर्देशन गरेको फिल्ममा रेखा र कमला संगै, नर बहादुर कार्की, आर्जु ढुंगाना, किरण थापा, कोपिला थापा लगायतको अभिनय रहेको छ ।
मालीकामा संगीतकार सुरेश अधिकारी र एसडी योगीको संगीत, बनिश शाहको सम्पादन, नर बहादुर कार्की र रेखा थापाको कथा , शिवम अधिकारीको स्क्रिप्ट रहेको छ भने फिल्ममा निर्माताको रुपमा सरस्वति थापा र नर कार्की छन् ।