Tuesday, 19, January, 2021

वाशिङ मेसिन बिग्रिइरहन्थ्यो, एक दिन बोलाए मेकानिक, मेसिन खोलेर हेर्दा सातो गयो

एजेन्सी। अमेरिकाकी एक महिलाको वासिङ मेसिन अचानक बिग्रियो । उनका पतिले पहिले आफैं मेसिन मर्मत गर्ने प्रयास गरे । मेसिन बन्यो र काम गर्न थाल्यो । तर, केही दिनमै फेरि मेसिन बिग्रियो । त्यसपछि उनीहरुले मेसिन मर्मत गर्न मेकानिक बोलाए । मेकानिक आउनुभन्दा पहिले पतिले मेसिनको ड्रेनेज एरिया खोलेर हेरेपछि उनको सातो गयो ।

क्यालिफोर्नियाकी क्याथी हिन्जको वासिङ मेसिन बिग्रिइरहन्थ्यो । उनका पतिले होम अप्लायन्सको कम्पनीमा काम गर्थे त्यसैले उनलाई अलिअलि यस्तो मर्मतको काम आउँथ्यो । सुरुसुरुमा क्याथीका पतिले नै मेसिन मर्मत गरे र मेसिनले काम पनि गर्यो । तर एक दिन अति भएपछि उनीहरुले मेसिन मर्मत गर्न मेकानिक नै बोलाए । मेकानिक आउनुभन्दा पहिले क्याथीका पतिको दिमागमा मेसिनको ड्रेनेज एरिया खोल्ने आइडिया आयो ताकि त्यहाँबाट मेसिनमा भएको गडबडी पत्ता लागोस् ।

उनले जब मेसिनको ड्रेनेज एरिया खोले त्यसपछि उनीहरु चकित परे । त्यहाँ भित्र सानो सानो ठाउँमा साना साना कपडाको थुप्रो थियो । त्यहाँ रुमाल, मोजा, अण्डरवेयर तथा थुप्रै सिक्का थिए । क्याथी र उनका पति लामो समयदेखि घरबाट कपडा हराएर हैरान थिए । उनीहरुले बुझ्न सकिरहेका थिएनन् कि उनीहरुको कपडा कसले चोरिरहेको छ । त्यसदिन थाहा भयो कि उनीहरुको कपडा कसैले चोरेको थिएन । कपडा र ड्रेनेज पाइपबाट मेसिनमुनि गइरहेका थिए जसका कारण मेसिन बिग्रिइरहेको थियो ।