Saturday, 02, July, 2022

प्रिमियर लिगमा आर्सनलले लेस्टर सिटीलाई हरायो

इङ्गलिस प्रिमियर लिगमा आर्सनलले लेष्टर सिटीलाई ३–१ ले हराएको छ।

आफ्नै मैदानमा सोमबार राति भएको खेलमा आर्सनल ३–१ ले विजयी भएको हो। घरेलु टोलीका लागि पिएरे एमरिक औबामायङ्गले दुई गोल गर्दा मेसुत ओजिलले एक गोल गरे।

आर्सनलकै हेक्टर बेलरिनले एक आत्माघाति गोल गरे।  नौ खेलबाट २१ अंक जोडेको आर्सनल फेरी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। तेस्रो स्थानको चेल्सी र पाँचौ स्थानको टोटनह्याम हट्सपरको पनि २१–२१ अंक नैं रहेको छ। लिगमा २३ अंक जोडेका म्यान्चेस्टर सिटी र लिभरपूल क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्।