Saturday, 16, January, 2021

यौन उत्पीडनको आरोपपछि मन्त्रीको जागिर खुस्कियो

भारतका विदेश राज्यमन्त्री मोबशर जावेद अकबरले आफ्नो पदबाट राजीनामा दिएका छन् । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार एमजे अकबरले वक्तव्य जारी गर्दै भनेका छन्–मैले अदालतबाट न्याय लिने फैसाला गरेँ ।स त्यसैले मैले आफ्नो पद छोड्दैछु।

६७ वर्षका एमजे अकबरमाथि १५ बढी महिलाले मीटु अभियानअन्तर्गत यौन उत्पीडनको आरोप लगाएका छन् । यसमध्ये एक जना महिला पत्रकार प्रिया रमानीविरुद्ध एमजे अकबरले सोमबार अपराधिक मानहानीको मुद्दा दायर गरेका थिए ।

साथै उनले यो चेतावनी पनि दिएका थिए कि जुन महिलाहरुले उनमाथि गलत आरोप लगाए ती सबैविरुद्ध उनले कानुनी कारबाही गर्नेछन् ।

एमजे अकबरको राजीनामाको खबर सार्वजनिक भएपछि पत्रकार प्रिया रमानीले ट्वीट गर्दै भनेकी छन्–एमजे अकबरको राजीनामापछि म एउटी महिलाका रुपमा दोषमुक्त महशुस गरिरहेकी छु । अब त्यो दिनको प्रतिक्षा छ, जब अदालतमा पनि मलाई न्याय प्राप्त हुनेछ । मीटु ।